पहिलो पार्टी वर्षदिन पनि टिकेन, आज अर्काे पार्टी खोल्दै बामदेव

काठमाडाैं | असार १४, २०७९

पहिलो पार्टी वर्षदिन पनि टिकेन, आज अर्काे पार्टी खोल्दै बामदेव

कास्कीः ०२१ सालमा रुपन्देहीबाट नेपाल कम्युनिष्ट पार्टीको पूर्णकालीन कार्यकर्ता भएर सक्रिय भएका वामदेव गौतमले राजनीतिमा ५८ वर्ष बिताइसकेका छन् । 

 

कम्युनिष्ट राजनीतिमा खरो स्वभावले चिनिने गौतम राजनीतिक यात्राको दौरान ५८ वर्षपछि आज दोस्रोपटक नयाँ पार्टीको स्थापनामा जुटेका छन् । यसअघि राजनीतिक करिअरबाट गृह र उपप्रधानमन्त्री भइसकेका गौतम नेकपा एमालेको विभाजनपछि तटस्थ रहेका थिए । 

 

यसैबीच स्थानीय निर्वाचनताका माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई सहयोग पुग्ने हेतुले चुनावी गीत लेखेका थिए । यही गीतकाकारण गौतम नेकपा एसमा जाने अनुमान गरिएपनि उनले त्यसलाई अनुमानमै सिमित राखिदिएर आज नयाँ दल घोषणा गर्दैछन् । 

 

‘नेकपा एकता राष्ट्रिय अभियान’ नामक दल घोषणा साँझ ३ बजे राखिएको छ । भित्रभित्रै तयारीमा जुटेका गौतमको यो दोस्रो दुस्साहस हो । यसअघि भारतसँग गरिएको महाकाली सम्झौंतामा चित्त नबुझेपछि गौतमले एमाले छाडेर नेकपा माले स्थापना गरेका थिए । जसको महासचिव गौतम थिए । त्यसबेलासम्म कम्युनिष्ट पार्टीमा महासचिव मुख्य पद थियो । 

 

पछि ०५५ सालको निर्वाचनमा पार्टीले एक सिटपनि जित्न नसकेपछि वर्षदिनमै गौतम पुनः एमालेमा फर्किए । लगत्तै उनले उपप्रधानमन्त्री हुने अवसरसमेत पाए । ०५६ सालमा एमालेको बुटवल अधिवेशनबाट उनी पार्टीको उपाध्यक्षमा निर्वाचित भएर आफ्नो औचित्य पुष्टि गरिछाडे । 

 

बर्दिया र प्युठान दुबै क्षेत्रबाट संविधानसभामा निर्वाचित भएका गौतम पछिल्लो निर्वाचनमा बर्दियाबाट पराजित भए । ४४ हजार बढी मत ल्याएर पनि नेपाली कांग्रेसका सञ्जयकुमार गौतमसँग झिनो मतान्तरले पराजित भए । गौतम हाल राष्ट्रियसभा सदस्य रहेका छन् । 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्